रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानीसमेत रहेकी उनको बिहीबार राति निधन भएको परिवारिक स्रोतले बताएका छन्। रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् । सानैदेखि गीत गाउने र गुनगुनाउने गरेकी रानुदेवीको विराटनगरको अधिकारी परिवारमा विवाह भएको हो। तारिणीप्रसाद कोइरालाको नेतृत्वमा बिराटनगरमा रेडियो स्थापना…