शहरी पूर्वाधारमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा युवराज खतिवडाले कानूनले नै वैदेशिक लगानीलाई संरक्षण गरेको भन्दै निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गरेका छन। नेपालस्थित चिनियाँ दूतावास र चिनियाँ लगानीकर्ताले संयुक्तरूपमा शुक्रबार आयोजना गरेको ‘नेपाल–चीन लगानी प्रवद्र्धन तथा उपयुक्त परियोजना छनोट’ विषयको सम्मेलनमा उनले वैदेशिक लगानी प्रवद्र्धन र संरक्षण गर्न कानूनी सुधार गरिएको बताए। “बाह्य लगानी भित्रयाउन तथा लगानीको संरक्षण…