द्रूतमार्ग निर्माण कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक निर्माण आयोजनालाई थप व्यवस्थित र प्रभावकारी बनाइने भएको छ । आयोजना निर्माणको जिम्मा लिएको नेपाली सेनाले द्रूत मार्ग सडक निर्माणकोे आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्यदिशाका आधारमा व्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने जनाएको हो ।सेनाले उक्त आयोजना तोकिएको समय सीमाभित्र गुणस्तरीय ढङ्गबाट सम्पन्न…