व्यपारिक घराना चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ। आयोजनाको दुई हजार ६९४ मिटर लामो सुरुङ यसै साता खोलिएको हो। सुरुङको हेर्डबक्सदेखि एक हजार ५५० र पावरहाउसदेखि एक हजार १०० मिटरको हाराहारीमा सुरुङ खोल्ने काम भएको आयोजनाले जनाएको छ। सुरुङ खोल्ने काम सम्पन्न भएसँगै…