प्रदेश नं ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालीम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने १३ वटा स्वास्थ्य कार्यालयहरुको नेपाली तथा अङ्ग्रेजी नाम, साइनबोर्ड…