चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकासित गर्दा आधा दर्जन बैंकले नियामकीय मापदण्ड पूरा गरेका छैनन् । बैंकहरुले नेपाल राष्ट्र बैंक तथा नेपाल फाइनान्सीयल रिपोटिङ्ग स्ट्याण्डर्डले (एनएफआरएस) तोकेअनुसार वितरण योग्य नाफाको विवरण नदेखाएका हुन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण हेर्दा एनएमबि बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र…