नेपाल राष्ट्र बैंकको नीति अनुसार वाणिज्य बैंक र फाइनान्स कम्पनीले सेयर धितो कर्जा घटाएको भएपनि विकास बैंकले भने बढाएका छन् । बैंक वित्तीय संस्थाको समग्र सेयर धितो कर्जा घटेको भएपनि विकास बैंकहरुको भने बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा बैंक वित्तीय संस्थाले सेयर धितोमा कुल ७५ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका…