राष्ट्र बैंक र बीमा समितिको नीतिगत कमजोरी दोहोर्‍याउँदै धितोपत्र बोर्ड

नियामक निकायहरूले आफूले नियमन गर्ने संस्थाका संख्या अस्वभाविक बढाउने र मर्जरमा लैजाने गलत खालको नीति अवलम्बन गर्दै आएका छन् । पछिल्लो समयमा पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले पनि ब्रोकर लाइसेन्सको सन्दर्भमा सोही अभ्यासलाई निरन्तरता दिन खोजेको हो । नेपाल राष्ट्र बैंकले पनि बजारको आवश्यकतालाई अध्ययन समेत नगरी बैंक तथा वित्तीय संस्थाको अनुमतिपत्र वितरण गर्‍यो…