नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि स्थायी निक्षेप सुविधा, निक्षेप संकलन वा रिभर्स रिपो जारी नगरेपछि बैंकहरु ब्याजदर घटाउन बाध्य भएका छन् । बैंकहरुले सरकारी पैसाबाट ब्याज आम्दानी गर्न खोजेको भएपनि केन्द्रीय बैंकका कारण ब्याजदर घटाउन बाध्य भएका हुन । बैंकहरुले सरकारी पैसालाई निक्षेपमा गणना गरेर अधिकतम तरलता देखाउँदै केन्द्रीय बैंकमार्फत ब्याज आम्दानी गर्न…