निर्वाचन आयोगले बैशाख ३० गतेका दिन अत्यावश्क सेवाका लागि सवारी पास नचाहिने व्यवस्था गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न आयोगले मतदानका दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेको हो । यस क्रममा निर्वाचन सम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याब्कर, दुध बोक्ने सवारी…