अर्घाखाँची घर भएकी सभ्य पौडेललाई गत असोज महिनामा कोरोना पोजेटिभ देखियो । होटल क्वारेन्टिनमा नै रहँदा उनले कात्तिक महिनाको पहिलो हप्ता आफुले बीमा गरेको कम्पनी शिखर इन्स्योरेन्समा बीमा दाबी गरिन् । गोल्छा गु्रपमा कार्यरत पौडेललाई उनको कार्यालयले शिखर इन्स्योरेन्स कम्पनीमा १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गराईदिएको थियो । दाबी गरेको महिना दिनपछि कम्पनीले पिसिआर…