यूरोपमा नयाँ मोडेलका विद्युतीय कार बिक्रीमा सुधार

सन् २०२३ मा यूरोपमा नयाँ मोडेलका कारको बिक्रीमा १३.९ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी साधनले पहिलो पटक डिजेललाई उछिनेको ‘यूरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन’ ले बिहीबार जनाएको छ । एसोसिएसनका अनुसार सन् २०२३ मा विद्युतीय कारको बिक्री अघिल्लो बर्षको तुलनामा ३७ प्रतिशतले बढेको छ भने नयाँ कारको कूल बिक्रीमा १४.६ प्रतिशतले वृद्धि भएको छ…