लगातार ओरालो लागेको सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । स्थानीय बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । लगातार ओरालो लागेको सुनको मूल्य बिहीबार तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।…