अधिकांश तरकारीको भाउ घट्यो, लोकल काउलीमा दोब्बर बढीको गिरावट

काठमाडौँ । कालिमाटी तरकारी बजारमा अधिकांश तरकारीको भाउ घटेको छ । तरकारीको आयात बढेसँगै मूल्यमा क्रमशः गिरावट आउन थालेको हो । ३ दिन अघि सम्म प्रतिकेजी ७६ रुपैयाँमा कारोबार भएको लोकल बन्दा अहिले ४६ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, प्रतिकेजी ७२ रुपैयाँमा कारोबार भएको लोकल गोलभेँडा आज २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी,…