उपभोक्ता मुद्रास्फीतिमा गिरावट आउँदा मूल्यवृद्धि ४.०६ प्रतिशत, सरकारी तथ्यांकमा विज्ञको मत बाझियो

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा उपभोक्ता मुद्रास्फीतिमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार औसत मुद्रास्फीति ४.०६ प्रतिशतमा झरेको छ । अघिल्लो आव २०८०/८१ मा यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो । गत आवको अन्तिम महिना अर्थात असारमा मुद्रास्फीति २.२० प्रतिशत कायम भएको छ, जुन अघिल्लो आर्थिक वर्षको…