इलाम । जिल्लाको माई नगरपालिका–६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि १ महिनाअघिदेखि खनजोत गरी खेत तयार पारेका थिए । आकासे पानी आवश्यकता अनुसार नपरेपछि उनले अहिलेसम्म १ गाँभो पनि धान रोप्न सकेका छैनन् । खेतमा पानी पुग्ने मुहानमा मूल नफुटेकाले रोपाइँ सम्भव नभएको बताउँदै आकासे पानीको भरमा बसेकाले करिब १९ रोपनी खेत अहिलेसम्म…