सिडिएससीले अघि सारेको दोहोरो आईजिनको बिरोधमा उर्जा उत्पादकहरुको एक स्वर “अन्तर्राष्ट्रिय जगतले हेर्ने दृष्टिकोण बिगार्ने काम भयो”

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले नेपाल धितोपत्र बोर्डमा दोहोरो इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईजिन) कायम गर्ने गरी कार्यविधिको मस्यौदा स्वीकृतिका लागि पठाएपछि उर्जा उत्पादक कम्पनीहरुले त्यसको बिरोध गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र सौर्य उर्जा उत्पादकहरुको संस्था नेपाल (सोप्पान) ले सिडिएससीले अघि सारेको कार्यविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । दुवै…