काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत बिरगञ्जस्थित आरएम केडिया आँखा अस्पताललाई २ थान एयर कन्डिसनर (एसी) हस्तान्तरण गरेको छ। बिरगञ्ज शाखामार्फत गरिएको उक्त सहयोग अस्पतालको प्रतिक्षालयमा बस्ने बिरामी तथा कुरुवाको सहजताको लागि प्रदान गरिएको हो। ५ दशकदेखि सर्वसाधारणलाई आँखा उपचार सेवामा समर्पित आरएम केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा सञ्चालन…