सुनचाँदी दुबैको भाउमा गिरावट

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउमा सामान्य गिरावट आएको छ । मंगलबार सुन तोलामा २०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो…