ज्योति विकास बैंक र तिलगंगा सिटी आई सेन्टरबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं चुच्चेपाटीस्थित तिलगंगा सिटी आई सेन्टरमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। सम्झौता पश्चात् बैंकका ग्राहकहरूले आँखा केन्द्रमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस केन्द्रमा ग्राहकहरुले आँखा जाँच र विशेष उपचार (जस्तै शल्यक्रिया र थेरापी) मा १० प्रतिशत तथा प्रिस्क्रिप्शन चश्मा मा १५ प्रतिशत…