असारको तीन साता बित्दा देशभर ३२ प्रतिशत मात्र धान रोपाइँ

काठमाडौँ । यस वर्ष असारको तीन साता बितिसक्दा पनि देशभरि धान रोपाइँले गति लिन सकेको छैन । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेकोमा हालसम्म ४ लाख ४३…