तरकारी खेतीबाट आत्मनिर्भर मीना

गोरखा । गोरखा नगरपालिका–७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिन्छिन् । उनीले कोइरालाटोलमा ७ रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी छन् । मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्री गरी वार्षिक १ लाख रुपैयाँ बढी आम्दानी लिने गरेको कोइराला बताउछिन् । ‘११ वर्षअघि पाखो बारी भाडामा लिएर तरकारीखेती सुरु गरेकी…