काठमाडौँ । विगत ६ वर्षदेखि चलिरहेकाे गृहकार्यले सार्थकता पाएसँगै नेपालकाे विद्युत् व्यापारले अर्काे फट्को मारेकाे छ । आज नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु भइसँगै २०७५ सालदेखिकाे मिहिनेतले सार्थकता पाएकाे हाे । नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल रुपमा विद्युत् निर्यातको उद्घाटन गरेका छन् । उद्घाटनसँगै आज राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट…