अमेरिकी ब्रान्ड ‘ब्ल्याक डेकर’का घरायसी सामग्री नेपाली बजारमा

अमेरिकी घरायसी ब्रान्ड ब्ल्याक डेकरका सामग्रीहरु नेपाली बजारमा आएका छन्। चौधरी ग्रुप अन्तर्गतको सिजी इम्पेक्सले यसका सामग्रिहरुलाई नेपाली बजारमा भित्र्याएको हो। सिजीले यसअघि नै विभिन्न बहुराष्ट्रिय ब्रान्डका घरायसी सामग्रीहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ। आफ्नै उत्पादन पनि भएको सिजीले वेबिनारको माध्यमबाट ब्ल्याक डेकरका सामग्री नेपालमा भित्र्याएको घोषणा गरेको हो। उक्त घोषणा कार्यक्रममा ब्ल्याक…