अन्तर्राष्ट्रिय सहकार्यका लागि संयुक्त अपिल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसहित १९३ मुलुकका प्रमुख राजनीतिक दलका नेताबाट कोभिड–१९ विरुद्ध अन्तराष्ट्रिय सहकार्य गर्न आज संयुक्त अपिल भएको छ। कोरोना भाइरसका कारण मानवीय स्वास्थ्य तथा विश्वशान्ति र विकासका लागि गम्भीर चुनौती बनेकाले यस परिस्थितिको सामना गर्दै जनताको हितको सुरक्षा, राष्ट्रिय विकासको प्रवद्र्धन तथा विश्व शान्ति र स्थायित्वको गहन जिम्मेवारी बहन…