मध्यपहाडी लोकमार्गको पश्चिम खण्डमा ६० प्रतिशत काम पूरा

राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको पश्चिम खण्डमा ६० प्रतिशत काम पूरा भएको छ। बाग्लुङदेखि सुदूरपश्चिम प्रदेश बैतडीको झुलाघाटसम्म सात सय किलोमिटरमा ६० प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाको पश्चिम सेक्टर कार्यालय दैलेखका सूचना अधिकारी इन्जिनीयर तुलाराम शर्माले रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख र अछाममा निर्माण कार्य भइरहेको जानकारी दिए। उनका अनुसार…