राधी विद्युतको लाभांश घोषणा

राधी विद्युत कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ २७ गते सम्पन्न बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस तथा ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ…