काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ’ विधामा सम्मानित भएको छ। विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासको मूल्याङ्कनपछि प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको अन्तर्राष्ट्रिय स्तरमा…