काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससीटी–युनियन पे कार्डमार्फत अब मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक एससीटीले नयाँ सुविधा सञ्चालनमा ल्याएको हो । यो व्यवस्थासँगै एससीटी–युनियन पे कार्ड प्रयोगकर्ताले इसेवा, खल्ती, हाम्रो पे लगायत कार्डबाट वालेट लोड गर्ने सुविधा…