काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकाका अन्तर्गत चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाहरूका मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको हो । आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका क्षेत्रमा गरी १५१.३०…