काठमाडौँ । अटोमोवाइल वस्तुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने विषयमा भन्सार विभाग र नाडाबीच छलफल भएको छ। नाडाको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग भेट गरी उक्त व्यवस्थाको कार्यान्वयनका चुनौतीबारे ध्यानाकर्षण गराएको हो। छलफलमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीमा समस्या नरहे पनि स्पेयर पार्टसमा व्यवहारिक कठिनाइ रहेको बताइएको छ। भन्सार यार्डमै स्टिकर टाँस्ने व्यवस्था पनि…