स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेड प्राथमिक शेयर निष्काशन गर्ने

काठमाडौँ । स्वदेशी दुग्ध उद्योगका रूपमा स्थापित स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले निकट भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी प्रचलित नियमावलीअनुसार आईपीओ ल्याउने जनाएको छ। यसका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ। आज काठमाडौँमा भएको सम्झौतामा स्वस्तिक…