दुई दर्जन होटलमा क्षति, करिब २५ अर्बको नोक्सानी

काठमाडौँ । होटल संघ नेपालले विज्ञप्तिमार्फत यसै हप्ता भएको सफल परिवर्तनकारी आन्दोलनको क्रममा झन्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जनाएको छ । संकलित प्रारम्भिक जानकारी अनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा भएका…