हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरमा स्वार्थ समुहको चलखेल, स्वाप १ : १ कायम गर्न डीडीएमै गडबडी

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रियामा स्वार्थ समुहको अस्वभाविक चलखेल देखिएको छ । सो समुहले दुबै संस्थाको मर्जरमा स्वाप अनुपात १:१ कायम गर्नका लगि 'डयू डेलिजेन्स अडिट' मै गडबडी गरेको पाइएको हो । यी दुई बैंकको मर्जर हुँदा समान हैसियत कायम गर्नका लागि डीडीए रिपोर्टमा हिमालयन बैंकको सम्पत्तिलाई कम मूल्याङ्कन गरिएको छ ।…