कर्णाली प्रदेशमा लगानी गर्ने वातावरण तीनै तहका सरकारले मिलाईदिनुपर्ने सरोकारवालाहरुले बताएका छन्। कर्णाली उत्सवको ‘कर्णालीमा लगानी’ सत्रमा वक्ताका रुपमा सहभागी सरोकारवालाहरुले नीति, नियम, आधारभूत संरचना लगानीमैत्री बनाए बाह्य लगानी भित्रिने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कतिपय लगानीकर्ताहरु कानुनी कुराहरुले लगानी गर्नमा हतोत्साही हुने पाईएकाले यसमा देशका तीनै तहका सरकाबीचको सहकार्यमा…