उत्पादन लागत घटाएर मुलुकमा औधोगिक वातावरण सिर्जना गर्नुपर्नेमा निजी क्षेत्रका प्रतिनिधिहरूले जोड दिएका छन् । ८ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले उत्पादन लागत घटाएर सरकारले व्यवसायीक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन् । जग्गा, वित्तीय लागत, लजिष्टिक,…