सरकारले सोमबारबाट २० प्रतिशत इन्धन खर्च कटौति गर्ने निर्णयलाई कार्यन्वयन ल्याएको छ । जसका लागि अर्थमन्त्रालयले सरोकारवाला सबैलाई एक सूचना जारी गर्दै इन्धन खर्च कटौति गर्न निर्देशन दिएको छ । अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्यको बुंदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख छ…