चीनमा कोभिड संक्रमण फैलिँदै गएपछि घट्यो विद्युतीय सवारीको उत्पादन

चीनमा कोभिड–१९ संक्रमण फैलिँदै गएपछि मार्च महिनामा विद्युतीय सवारी साधनहरुको उत्पादनमा कमी आएको छ । चीनको साङघाई सहरमा ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि सहरमा लकडाउन भएको थियो । उक्त लकडाउनका कारण साङघाइ अवस्थित कार फ्याक्ट्री बन्द हुँदा कारहरुको उत्पादनमा कमी आएको हो । कोभिडका कारण अपेक्षा गरे अनुरुपको सङ्ख्यामा कारहरुको उत्पादन गर्न नसकेको चीनका प्यासेन्जर कार…