चालु आर्थिक वर्षको फागुन महिनासम्ममा बैंकहरुले खुद नाफा वृद्धि गर्नेमा मध्यम बैंकहरु अगाडि देखिएका छन् । चालु आवको फागुन सम्ममा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले कुल ४६ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यस अवधिमा ठूला वासलात र धेरै नाफा गर्दै आइरहेका बैंकहरुको तुलनामा मध्यम बैंकहरुको नाफा वृद्धिदर अधिक बढेका…