निगम र आन्दोलनरत व्यवसायीबीच सहमति, पेट्रोलियम पदार्थ आजैदेखि सहज हुने

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको छ। निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी माग पेस गरेको थियो ।…