विजय लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँले बढ्यो

विजय लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षमा १०३.७२ प्रतिशतले खुद नाफा बढ्दा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८.४८ रुपैयाँले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा लघुवित्तले ११ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो…