एघार महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ मसान्तसम्मा ८ खर्ब ७० अर्ब ९४ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२.६ प्रतिशतले धेरै हो। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । यस्तै अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाह पनि १०.४ प्रतिशतले वृद्धि भई…