विदेशमा रहेका दुई सय बढी नेपालीमा कोराना पुष्टि, अमेरिकाका धेरै प्रभावित

२० भन्दा बढी  देशमा रहेका नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखा परेको छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतसहित ती देशहरूमा पुष्टि भएका सङ्क्रमितको नेपालीको सङ्ख्या करिब २०० रहेको उल्लेख छ। कतिपय देशबाट तथ्याङ्क नपाइएको उल्लेख गरिएको विवरणमा अमेरिका, ब्रिटेन र खाडी देशमा रहेका नेपालीहरू कोरोना भाइरसका कारण बढी प्रभावित भएको देखिन्छ। वासिङ्टन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार…