नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । उनलाई सरकारले राष्ट्र बैंकको १७ औं गभर्नरका रुपमा आगामी ५ बर्षका लागि नियुक्त गरेको हो । राष्ट्र बैंकको पूर्वडेपुटी गभर्नर भैसकेका अधिकारी चार्टर्ड एकाउन्टेन्टस् पनि हुन…