नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको मूल्य तोक्ने प्रक्रियामा सहभागिताका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ । बोर्डले पछिल्ले पटक थप ९ वटा संस्थालाई अनुमति दिएसँगै कुल संख्या ८३ पुगेको हो । यसअघि बोर्डले सुरुवातमा संस्थागत लगानीकर्ताबाट आवेदन आह्वान गरेकोमा ६२ संस्थाले आवेदन दिएकोमा ४६ संस्थालाई पहिलो पटक पुस २२…