सत्र लाख घुस रकमसहित नापी कार्यालयका अधिकृत समेत ५ पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ सहित ५ जनालाई १७ लाख घुस रकम सहित रङेहात पक्राउ गरेको छ। आयोगले भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्मालाई पक्राउ…