नेपालमा विदेशी लगानीको प्रवर्द्धन र विदेशी लगानीकर्ताका समस्या

नेपालमा वैदेशिक लगानी अपरिहार्य आवश्यकता भएको हुँदा नेपाल सरकारले २०२४ को अप्रिल महीनामा लगानी सम्मेलन गरी पुनः अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्ने योजना गरेको भन्ने समाचार माध्यमबाट जानकारी गराएको छ । यस अघिपनि सरकारका तर्फबाट विदेशी लगानीलाई आकर्षित गर्नको लागि विविध कार्यक्रमको आयोजना, कानूनहरुको संशोधन तथा परिमार्जन गर्ने प्रयास गर्दै आएको छ । …