राष्ट्रिय गौरवका २६ आयोजना : ३ वटाको निर्माण सम्पन्न हुँदा अरुको अवस्था के ?

काठमाडौँ । मुलुकको पूर्वाधार निर्माणमा उल्लेख्य फड्को मार्ने र आर्थिक उन्नतीको दिशामा अग्रगामी छलाङ माने उद्देश्यका साथ अघि बढेका राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति अपेक्षाकृत देखिएको छैन । हालसम्म राष्ट्रिय गौरवको २६ वटा आयोजना मध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र खाँदबारी किमाथांका (च्याम्ताङ्ग घोड्गप्पा खण्ड) सडक निर्माण सम्पन्न भएका छन् । दुईओटा आयोजनाको…