निक्षेप संकलनको ब्याज अन्तर बैंक दर भन्दा पनि तल, कहिले पुग्छ करिडोरको तल्लो सीमा ?

नेपाल राष्ट्र बैंकले मंगलबार संकलन गरेको निक्षेपको ब्याजदर अन्तर बैंक दर भन्दा तल झरेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएसंगै निक्षेप संकलनको ब्याजदर पनि घटेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीति अनुसार केन्द्रीय बैंकले निक्षेप संकलन दर ४.५ प्रतिशत तोकेको छ । निक्षेप संकलन दर ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमा पनि हो, अन्तर…