राष्ट्रिय योजना आयोग पदाधिकारी विहिन हुँदा योजनाबद्ध विकास प्रक्रियामा अन्योलता

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट सरकार ढलेसँगै राष्ट्रिय योजना आयोग उपाध्यक्ष र सदस्यविहीन बनेको छ । प्रधानमन्त्री अध्यक्ष रहने आयोगमा उपाध्यक्ष र सदस्यहरू नियुक्ति गर्ने प्रावधान छ । तर, प्रधानमन्त्री एवं आयोग अध्यक्ष सुशीला कार्कीले सरकार गठन भएको दुई महिना बितिसक्दा पनि उपाध्यक्ष र सदस्यहरू नियुक्ति गर्न सकेकी छैनन् । सामान्यतया…